हाम्रो बारेमा »

संस्थाको छोटो परिचय
मानव अधिकार सचेतन केन्द्र (हुरेक) सामाजिक न्याय, मानव अधिकार संरक्षण तथा प्रवद्र्धन र सामाजिक सशक्तिकरणका माध्यमबाट विपन्न तथा गरिब, दलित, जनजाति, महिला, पिछडिएका समुदायलाई संगठित गर्दै आय आर्जनका  लागि सीप तथा तालिम दिई गरिबीलाई न्यूनीकरण गर्ने कार्यमा सघाउ पु¥याउने उद्देश्यले २०५३ सालमा यस संस्थाको स्थापना भएको हो । समाजमा व्याप्त सामाजिक, लैङ्गिक, विभेद र गरिबीलाई अन्त्य गर्न र मानवीय जीवनयापनका लागि न्यूनतम आधारभूत भौतिक पूर्वाधार निर्माणमा सघाउ पु¥याउने यस संस्थाको लक्ष्य रहेको छ । दश वर्षे युद्धकालका बेला रोल्पामा नागरिकहरुको विकासको अधिकार चरम रुपमा खोसिएको अवस्था हुँदा हुँदै बाँच्न पाउने मानवको न्यूनतम अधिकारबाट समेत बञ्चित रहेका नागरिकहरुको बाँच्न पाउने अधिकारको संरक्षणमा यस संस्थाले अग्रणी भूमिका खेल्यो । साथ साथै अधिकारबाट प्रभावित जाति, लिङ्ग, समुदायलाई संगठित र सशक्तिकरण गर्दै शान्ति निर्माणमा अहम् भूमिका खेल्यो । यस संस्थाले सशस्त्र द्वन्द्व काल देखि नै अहिलेको संक्रमणकालसम्म शान्ति, मावनअधिकार र सामाजिक न्याय एवं द्वन्द्व व्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ । वेपत्ता नागरिको खोजवीन, मानवअधिकार, महिला अधिकार, बालअधिकार, जातिय अधिकार सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने कार्य गर्दै आएको छ । मानअधिकार क्षेत्रमा कार्यगरी स्थापित राष्ट्रिय अन्तर्राष्ट्रिय छवि बनाएको संस्थाले मानवअधिकार सचेतना, अनुगमन यसका मुख्य कार्य अनुभव हुन् । विगत दुई वर्ष देखि आफ्नै सामुदायिक रेडियो रेडियो रोल्पा मार्फत आम संचारको माध्यमबाट पहाडी दुरदराजका जनतालाई सचेत तथा जागरुक गराइरहेको छ । हाल रेडियो मार्फत विविसि वल्र्ड सर्भिसको सहयोगमा महिला स्वास्थ्य, बालशिक्षा, एन्टेना फाउण्डेशनको सहयोगमा सुशासन, महिला तथा बाल सचेतना, स्वास्थ्य कार्यालयबाट स्वास्थ्य र सरसफाई, जिल्ला विकास समितिबाट स्थानीय विकास लगायतका कार्यक्रमहरु संचालित छन् ।

HURAC Programs »
Radio Rolpa operating by HURAC Published on: 2015 May 30
  Program Name: Community Radio Rolpa Country: Nepal Location within country  : Rolpa and n…
Read More
Notice Board »
Read All
Video »View All »